• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

कार्यक्रममै सल्यानी सांसदहरुलाई ज्ञापन पत्र


लेकाली अनलाइन
पुस २७, सल्यान ।
सल्यानबाट निर्वाचन भएका प्रतिनिधि सभा सांसद टेक बहादुर वस्नेत, प्रदेश सांसद गुलावजंग शाह र प्रकाश ज्वालालाई आज सल्यानी ख्रिटीयन समुदायीले स्वागत तथा सम्मान गरेको छ ।

जिल्लाको शारदा नगरपालीका १ शान्तीनगरमा रहेको सिनै एजि चर्चमा एक कार्यक्रम गरी सम्मान तथा स्वागत गरिएकोे हो ।

कार्यक्रममा आफ्ना हक हितका कुरा सहित उक्त समुदायीले सांसदहरुलाई ज्ञापन पत्र बुझाएको छ । सल्यानी ख्रिटीयन समुदायीका अध्यक्ष बिरबहादुर वर्ड र सचिव जंगबहादुर वर्डको सक्रियतामा ५ बुदाँ रहेको ज्ञापन बुुझाइएको हो । ज्ञापन पत्रमा मुख्यत धार्मीक स्थल चर्चहरुलाई आर्थिक बजेट छुट्याउने, धर्ममा स्वतन्त्रता हुनुपर्ने लगाएतका मागहरु रहेका छन् ।

ज्ञापन पत्र बुझ्दै तिनओटै सांसदहरुले आफुहरु त्यसप्रति सकारात्मक रहेको बताएका छन् ।

फार्इल फाेटाे

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार