• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा पर्ने भेरी नदिमा झुलङ्गे पुल नबन्दा यस्तोे बेहाल


दुर्गा वि.सी.
पुस २७, सल्यान ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालीका अन्र्तगत भेरी नदि किनारका स्थानीय भेरी नदिमा पुल नहुदाँ सास्ती खेप्दै आएका छन् ।

बन्गाड कुपिण्डेको वडा १ मा रहेको नाम्रा, वडा २ को लाहाघाट, राईरा र वडा ३ का केहि वस्तीका स्थानीयहरु भेरी नदिमा पुल नहुदाँ निक्कै दुख खेपिरहेका छन् । बन्गाड कुपिण्डेको वडा १ को नाम्रमा झुलङ्गे पुलको लागि सर्वे भएको १ वर्ष बिती सक्यो तर कामको अझै सुरुवात नभएको स्थानीय गोपिलाल आचार्यले बताए ।

 

त्यसै गरि पाएक पर्ने ठाउँमा झुलङ्गे पुल नहुदाँ बामेको राईरा र लाहाघाटका स्थानीयले समेत दुख झेली रहेका छन् । जोखिमपुर्ण तवरले भेरी पार गर्न खोज्दा वर्षेनी नदिमा डुवेर स्थानीयको ज्यान जाने गरेको छ ।

झुलङ्गे पुलको लागि ती सवै क्षेत्रमा काम सुरु भएता पनि समयमा काम सम्पन्न नहुदाँ स्थानीय नागरिकले दुख खेपिरहेको भगवती प्रावि वाहुन गाउँका प्रअ गंगा शर्माले वताए । झुलङ्गे पुलको लागि भनेर देवस्थलको नाम्रा, काँरागाउँको जिउला,बामे चैतुवा लगाएतका स्थानमा पुल निमार्णको काम भईरहेको छ ।

तर कति ठाउँमा कामको सुरुवात भएको छ भने देवस्थलको नाम्रा लगाएतका क्षेत्रमा अझै पुल निमार्णको कामको सुरुवात भएको देखिदैन् । भेरी नदि किनारका वस्तीका स्थानीय सर सामन लगाएत आवत जावतको लागि जोखिमपुर्ण तवरले भेरी वारपार गर्ने गरेका छन् ।

जहाँ आवश्यक हो सोहि क्षेत्रमा समयमा पुलको काम सम्पन्न नहुदाँ वर्षेनी नागरिकले दुख झेली रहेका छन् ।

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार