• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा श्रीमतीले चिरपटले हान्दा श्रीमानको मृत्यु


लेकाली अनलाइन
पुस २७, सल्यान ।
सल्यानमा श्रीमतीले चिरपटले हान्दा श्रीमानको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ तल्लो डाँग्रीकी ३२ बर्षिया विष्नु ओलीले आफ्नै श्रीमान ३५ बर्षीया दिपेन्द्र ओलीलाई चिरपट (दाउरो) प्रहार गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

घरायसी विवादका कारण हिजो साँझ ७ ः ३० तिर विष्नुले चिरपट प्रहार गरेकी थिइन । टाउकोमा गहीरो चोट लागेका दिपेन्द्रलाई तत्काल उपचारको लागी कोहोलपुर लगीएको थियो । अस्पतालले उपचारको सम्भब नभएको भनेपछि सल्यान ल्याउदै गर्दा उनको बाटोमा आज दिउरो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दिउरो प्रहार गर्ने श्रीमतीलाई अहिले प्रहरीले नियन्त्रनमा लिएको र उनि अचेत अवस्थामा भएकाले होस आएपछि सबै अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरत विकले बताएका छन् ।

उनका एक छोरा र दुई छोरी रहेका छन् ।

याे पनि पढ्नुहाेस् सल्यानमा बन्चरो प्रहार गरी अाफ्नै सौताको हत्या

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार