पुस २७, सल्यान ।
बुधबारदेखि श्रीनगरमा जारी महोत्सवमा आज हजारौ दर्शकले अवलोकन गरेका छन ।
सल्यानका प्रतिभाहरु भागिरथ चलाउने, डम्बर नेपाली, सरिता बुढाथोकी, भरत परियार अनि लोक पप गायिका श्रृजना क्षेत्रीले आजको प्रस्तुती दिएका छन । महोत्सवमा विभिन्न कृषि तथा पशु उत्पादनको अवलोकनका साथै खेलकुद पनि भएका छन ।
त्यस्तै विभिन्न समूहका विचमा लोक दोहरी प्रतिस्पर्धा पनि भएको छ । आज सार्वजनिक विदाको दिन भएकाले पनि दर्शकहरुको हिजो भन्दा अाज उल्लेख्य सहभागिता रहेको थियो ।
शुक्रबार नेत्र भण्डारी, रेश्मा केसी, देवी बस्नेत, र शेर बहादुर डाँगीको प्रस्तुती रहनेछ भने स्थानिय कलाकारका विभिन्न प्रस्तुति तथा खेलकुद तथा दोहरी प्रतियोगिता निरन्तर चल्नेछन ।