• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानी कलाकार खगेन्द्र र सरिता भन्छन् “अन्धो माया लाएछु” ! यसरी भयाे सार्वजनीक


लेकाली अनलाइन
पुस २८, सल्यान ।
सल्यानी संचारकर्मी तथा नव उदयमान लोकदोहोरी गायक खगेन्द्र प्रकाश वलीको दोस्रो लोक गीत “अन्धो माया लाएछु” सार्वजनीक भएको छ ।

निकै लामो मेहनत गरी रेकर्डिङ भएको तिन महिना पछि हिजो म्युजिक मस्तीको युटुब च्यानलमा सार्वजनीक भएको हो । उनले उक्त गीतलाई फोटो कभर बनाएर युटुबमा राखेका छन् ।

गीतमा लय चर्चित गायक भागिरथ चलाउनेको रहेको छ भने शब्द, सिर्जना उनै गायक खगेन्द्र प्रकाश वलीको हरेको छ । “अन्धो माया लाएछु”मा स्वर सरिता बुढाथोकी र खगेन्द्र प्रकाश वलीको रहेको छ । उनले यो भन्दा अघि पहिलो प्रस्तुती “दुई पलको जिन्दगी” पनि ल्याएका थिए ।

खगेन्द्र प्रकाश वलीको दोस्रो प्रस्तुती “अन्धो माया लाएछु” यस्तो छ ।

खगेन्द्र प्रकाश वलीको पहिलो प्रस्तुती “दुई पलको जिन्दगी” यस्तो छ ।

प्रकाशित मिति : २०७४ पुष २८ गते शुक्रवार