• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

तिन दलकै प्रमुख नेताले भने दाङ राजधानी हुने निशिन्त भएकाे छः महरा


पुस २८ , तुलसीपुर ।

नेकपा माओवादीका नेता तथा विनाविभागिय मन्त्री मन्त्री कृष्णबहादुर महराले अाफुले प्रधानमन्त्री शेरबहादुर देउवाले र माअाेवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसंग धेरै कुरा गरेकाले दाङ नै राजधानी हुने निशिन्त भएकाे बताएका छन् ।

“प्रधामन्त्री शेरबहादुर देउवाले पनि दाङलाई नै प्रदेश नं. ५ को राजधानी बनाउन चाहनु भएकाे छ” महराले भने ।

शुक्रवार तुलसीपुरमा क्षेत्रीय सम्वाद समहुले आयोजना गरेको सम्वादत कार्यक्रमलाई सम्वोधन गर्दै महराले प्रधानमन्त्री देउवाको मनमा पनि दाङ नै रहेको बताएका हुन ।

यस अघि पनि आफुले प्रधानमन्त्री संग यो सवालमा धेरै छलफल गरिसकेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका महराले आफ्नो बह्मले दाङ नै राजधानी देख्ने गरेको बताए ।

७ नं. प्रदेशको प्रेसरका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्न नसकेको हुँदा राजधानी तोक्न ढिालाई भइरहेको दाबी गरे । ‘बुटवलले गर्दा हैन, डोटीले गर्दा प्रधानमन्त्री पेल्लेको हो,’– नेता महराले भने ‘ ५ नं. को सवालमा त उहाँ –प्रधानमन्त्री) स्पष्ट दाङ नै भन्नु हुन्छ ।’

आफुले विहीवार बेलुका मात्रै प्रधानमन्त्री संग फोनमा कुरा गरेको बताएका नेता महराले आज (शुक्रवार) प्रधानमन्त्रीले प्रदेश राजधानी तोक्नै नसक्ने दाबी गरेका थिए । ‘ प्रदेश राजधानी तोक्ने परिस्थिती आजै हुन्थ्यो भने म हेलिकोप्टर लगेरै भएपनि काठमान्डौं पुग्ने सोचमा थिए, तर आज तोकिदैन ।’ म हराले भने  ७ नं. को प्रेसरले गर्दा उहाँ तोक्ने सक्ने स्थितिमा नरहेको महराले बताए ।

‘ डोटी, अछाम र डडेल्धुरा कहाँ राजधानी तोक्ने भन्ने समस्या उहाँलाई छ ।’ महराले भने । दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका महराले दाङ प्रदेश नं. ५ को राजधानी बन्ने कुराको व्यवहारिक सुरुवात भइसकेको दाबी गरेका थिए । माघ २४ गते बुटलवका नेता दाङ मतदान गर्न आउँदैछन् भने दाङ राजधानी हुने निश्चित भएन ? उनले प्रश्न गरेका थिए । सुरक्षाकर्मीले समेत दाङ नै राजधानीको लागि उपयुक्त भनेको रिपोर्ट प्रस्तु गरेको महराले बताए ।

महराले भने‘मेरो ब्रह्मले नश्चितताको साथ दाङ नै राजधानी हुनेदेख्छ।’ उनले दाङको गंगटेदेखि भालुवाङ जहाँ रहेपनि दाङ नै प्रदेश राजधानी हुने दाबी गरेका थिए । फरक प्रशंगमा उनले अव प्रधानमन्त्रीले नयाँ सरकार निर्माण गर्नको लागि बाटो खोल्नुपर्ने समय आएको बताए ।

चुनाव हुँदैन कि भनेर पहिले आफुहरुले सरकार नछोडेको भएपनि शुक्रवार नै राजीनामा बुझाउने भन्दै उनले केही बेरमै पूर्व उपप्रधानमन्त्री बन्ने जानकारी दिएका थिए । राजनीतिक द्धन्द बढ्ने आशंका व्यक्त गरेका महराले त्यस्तो अवस्थामा सम्वादत समुले भूमिका निर्वाह गर्नुपर्ने उनको आग्रह थियो ।

प्रकाशित मिति : २०७४ पुष २८ गते शुक्रवार