लेकाली अनलाइन
पुस २४, सल्यान ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरीका ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ ।
मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरेको जनाएको छ ।
देशभरी ४६ तहकाे नाम र केन्द्र परिवर्तन हुदाँ सल्यानमा पनि ३ अाेटा गाउँपालीकाकाे नाम र केन्द्र परिवर्तन भएकाे छ । दुर्इअाेटा गाउँपालीकाकाे नाम परिवर्तन भएकाे छ भने एकअाेटा गाउँपालीकाे केन्द्र परिवर्तन भएकाे छ । जिल्लाकाे कुमाखमालीका, ढाेरचाैर र दार्मा गाउँपालीकाकाे नाम र केन्द्र हेरफेर भएकाे हाे ।
कुमाखमालीका गाउँपालीकाकाे नाम फेरेर कुमाख गाउँपालीका र केन्द्र रागेचाैर देखि त्रिवेनीकाे बिचकाे भागमा अब कायम हुने भएकाे छ । याे गाउँपालीकामा नाम र केन्द्र दुवै फेरीकाे हाे । पहिले यस गाउँपालीकाकाे केन्द्र साविककाे मर्मपरिकाँडा गाविसमा रहेकाे थियाे ।
उता दार्मा गाउँपालीकामा पनि केन्द्र फेरीएकाे छ । पहिले वडा नम्बर ४ मा रहेकाे केन्द्र अब वडा नम्बर ३ फारुलाचाैरमा कायम हुने छ ।
त्यस्तै ढाेरचाैर गाउँपालीकाकाे नाम फेरेर सिद्धकुमाख राखिएकाे छ भने केन्द्र फेरेर अब ढाेरचाैर कायम हुने भएकाे छ । याे गाउँपालीकामा नाम र केन्द्र दुवै फेरीकाे हाे । पहिले यस गाउँपालीकाकाे केन्द्र साविककाे सिद्धेश्वरी गाविसमा रहेकाे थियाे ।
हेर्नुहोस् देशभरीकाे सूची