• २०७७ असोज १२ गते सोमवार
  • Preeti To Unicode

तुलसीपुकाे ग्रेट अरनिकाे बाट अभ्यास शिक्षणमा गएकालाई बिदाई


पुस २८,  दाङ ।
सरस्वती माध्यामिक विद्यालय तुलसीपुर ३ दमारगाउले ग्रेट अरनिको उच्च माध्यमिक बिध्यालय बाट अभ्यास शिक्षणमा गएका छात्र छात्राहरुलाई शुक्रबार एक कार्यक्रमका बिच बिदाई गरेको छ ।

ग्रेट अरनिको उच्च माध्यमिक क्यापसबाट अभ्यास शिक्षणमा गएका छात्र शिक्षक दिपेन्द्र केसी को अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक बसन्त प्रसाद न्युपाने को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भयको थियो ।

कार्यक्रम मा कुर्सीदौड,चकलेट दौड ,हिसाब दौड र घैंटाफोर प्रतियोगिता पनि संचालन गरियको मा कुर्सि दौड प्रतियोगीता मा कक्षा ६ कि छात्रा मनिषा कडेल प्रथम , कक्षा १० कि छात्रा अस्मिता गुरुङ दोस्रो र कक्षा ९ कि छात्रा सिता कडेल तेस्रो भएकी थिइन । यस्तै हिसाब दौड मा ललिता वॊलि र पुनम खरेल प्रथम समिर परियार र सुमित्रा परियार दोस्रो केशर केसी र पोखराज ओली तेस्रो भएका थिए ।

घैटाफोर प्रतियोगिता मा सन्तोष बस्नेत प्रथम भए । यस्तै चकलेट दौड प्रतियोगिता मा मनीषा केसी र पुनम खरेल प्रथम बिनिता परियार र संगीता परियार दोस्रो तथा अन्जली बिक र दिपेन्द्र चन्द तेस्रो भए ।
अभ्यास शिक्षणमा गएका १४ जना छात्र र छात्रा शिक्षक ले मायाको चिनो समेत बिद्यालय लाइ प्रदान गरेका थिय । बिदाई भयर जान लागेका छात्र छात्राहरु बिदाइ गर्दै थुप्रै बिद्यार्थी हरु का आखामा आसु देखिने उक्त कार्यक्रम को स्वागत मन्तब्य अभ्यास शिक्षणमा गएकि छात्रा शुस्मा नेपाली ले गरेकी हुन् ।

कार्यक्रम मा शिक्षकहरु बिरबल ओली , सुरेन्द्र गुरुङ , नरेश कुमार आचार्य , सिबराज पोख्रेल बिद्यार्थी को तर्फ बाट कक्षा ७ कि ममता ओली लगायतले बोलेका थिए । उक्त कार्यक्रम को सहजीकरन अभ्यास शिक्षणका टिम लिडर तथा बरिष्ठ पत्रकार नवराज घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : २०७४ पुष २८ गते शुक्रवार