• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

रोल्पा नगरपालिका वडा नं. ४ को भवन उद्घाटन


मनिषा राई
माघ ५, रोल्पा ।
रोल्पा नगरपालिका वडा नं. ४ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ ।

भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गरेका हुन् । रोल्पाको खुंग्रीमा आयोजित चतुर्भूज महोत्सवको उदघाटन गर्न अनन्त रोल्पा पुगेका हुन्  ।

त्यसैगरी रोल्पा नगरपालिका प्रमुख तथा कार्यक्रमका अध्यक्ष पुर्ण केसिले समितीले टोकेकै समयमा काम सम्पन्न गरेकाले नगरपालीका अत्यन्त खुसिभएको प्रतिकृया दिए ।

भवन उद्घाटन समारोहमा निवर्तमान सभामुख ओनसरी घर्तीमगरको समेत विशिष्ट आतिथ्यता रहेको थियो । उक्त भवन रोल्पा नगरपालिकाको ६५ लाख ७५ हजारमा निर्माण भएको रोल्पा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत कमानसिङ थापामगरले जानकारी दिए ।

वडाध्यक्ष नवराज आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार देवि गुरुङले गरेका थिए। स्थानीयतहको निर्वाचन सम्पन्न पछि रोल्पाको पहिलो वडा कार्यालय भवन निर्माण गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजल, प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टाराई, जिल्ला समन्वय समितीका संयोजक राज वहादुर वुढा, जिल्ला समन्वय समिति अधिकारी सुशिल वैद्य, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको समेत उपस्थिति रहेको थियो ।

याे पनि पढ्नुहाेस् प्रदेश नम्बर ५ मा आश्चर्यचकित पार्ने भन्दै वर्षमानकाे यस्ताे अायाे विराेध

प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रवार