• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

प्रदेश राजधानीमा सरकारले दाङलार्इ अन्याय गर्याे भन्दै सांसदले ५५ हजार सहयाेग गरे


सन्तोष ओली
माघ ५, तुलसीपुर ।
दाङ क्षेत्र न ३ प्रतीनीधी सभा सदस्य हीरा चन्द्र केसीले दाङ प्रदेश न ५ को राजधानी बन्ने सम्पुर्ण आधार हुदा पनी रुपन्देहीमा अस्थायी राजधानी तोकेर नेपाली काग्रेसका सभापती तथा काम चलाउ प्रधानमन्त्री सेर बहादुर देउवाले दाङ बासी लाइ अन्याय गरेको बताएका छन् ।

जनकल्यान माध्यमीक विद्यालय शान्तीनगर गाउपालीकाको ५० स्वर्ण जयन्ती उद्घाटन गर्न आफ्नाे गृह जिल्ला पुगेका केसीले यस्तो धारणा राखेका हुन्। प्रमुख अतिथी समेत बनेका नेकपा एमालेका युवा नेता केसीले भने “दाङका जनताको माग दाङ प्रदेश राजधानी बन्नु हो ।”

जनताको मागमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माग पुरा गर्न आफुले जनता सगै सडकमा उत्रने र सदन चले सदन बाट पहल गर्ने पनि बताए । यसै बीच केसीले सरकारी विद्यालयका शिक्षकले आफ्ना छोरा छोरीलाइ सरकारी विद्यालय अध्ययन गराएर सरकारी  विद्यालय शिक्षा लाइ अझ गुणस्तर गराउन आग्रह गरेका थिए ।

केसीले विद्यालयलार्इ ५५ हजार ५ सय ५५ रुपैया दीने घाेषणा गरेका छन्। कार्यक्रममा बिशिष्ट अतिथी दाङ क्षेत्र न ३ ख प्रदेश सभा सदस्य उत्तरकुमार ओलीले विद्यालय ब्यवस्थानका लागी राज्य बाट छुटटै बजेट विनाेयजित गर्न पहल गर्ने बताए ।

विद्यालय ब्यवस्थापन समीतीका अध्यक्ष भद्र बीर खड्का को अध्यक्षता एव दाङ क्षेत्र न ३ प्रतीनीधी सभा सदस्य हीरा चन्द्र केसी प्रमुख अातिथ्यतामा र  प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको बिशिष्ट अातिथ्यतामा भएको कार्यक्रम माघ ८ गते समापन हुनेछ ।

प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रवार