• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

राप्रपा सल्यानको आकस्मिक बैठक, संयोजक चुनिए पूर्व माननिय नेत्रलाल


माघ ५, सल्यान ।
राप्रपा सल्यानको संयोजकमा पूर्व माननिय नेत्रलाल श्रेष्ठ चयन भएका छन । जिल्लाका अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका नेताहरू एमालेमा प्रवेश गरेको अवस्थामा राप्रपा सल्यानले आकस्मिक बैठकबाट श्रेष्ठ संयोजक बनेका हुन ।

३२ सदस्यीय तदर्थ समितीमा साविकको समितिमा रहेका उपाध्यक्ष प्रदिप थापा, सल्लाहकार विरेन्द्र रावत, कोषाध्यक्ष जागेश्वर गिरी, सदस्यहरू नारायण कुमार शर्मा, शिला बुढाथोकी, निता वली लगायत रहेका छन । त्यस्तै केन्द्रिय सदस्य अनुवम सिंह श्रेष्ठ पदेना सदस्य रहेका छन ।

युनाइटेड होटल श्रीनगरमा भएको प्रशिक्षण सहितको बैठकमा गाउ देखि जिल्ला सम्मका नेता, कार्यकर्ता, पदाधिकारी तथा सदस्यहरुलाइ एक ढिक्का हुन भनिएको छ ।

कार्यक्रममा नेताहरूले वर्तमान अवस्थाको सामना गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कोहिपनि कार्यकर्ता, शुभ चिन्तक र सहयोगी जनतालाइ भ्रमित तथा बिचलित नहुन आग्रह गरेका छन ।

बैठकले पार्टी छाडेर जानेप्रति खेद प्रकट गरेको छ । साथै राप्रपा सिद्धान्त अनुसार अडिग भएर चलिरहेको भन्दै विचलित नहुन भनिएको छ ।

प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रवार