माघ ६, सल्यान ।
नेपाल कम्यूनिष्ट पार्टी सल्यानले पार्टीका विरुद्ध सिआइडि गर्ने तथा विकास निर्माणका काममा अनियमितता गर्नेलाई जनकार्वाहि गर्ने जनाएको छ ।
पार्टीको ९ नं इलाकाको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको अनुमति विना गठन भएका उपभोक्ता समिति खारेज गर्नुपर्ने भन्दै स्थानिय तहमा विरोधका कार्यक्रम गर्ने जनाएको नेकपाले स्थानिय निकायले अनावश्यक कर जनातामा थोपरेको भन्दै त्यस्ता गतिविधिको भण्डाफोर समेत गर्ने भएको छ ।
बैठकले गाउपालिकाले गलत तरिकाले एक्लोटी निर्णय गरेको भन्दै विरोध गर्न जनतालाई सहयोग गर्ने जनाएको छ । विकासका कुनैपनि पूर्वाधार नभएको ग्रामिण क्षेत्रमा गाउपालिकाले विभिन्न नाममा कर असुलेर लुटिरहेको भन्दै त्यसको विरुद्धमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
इलाका सेक्रेटरी एकेन्द्र शाहको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य अमृत नेपालीको प्रमुख आतिथ्यतामा
भएको कार्यक्रममा स्थानिय तहको चुनावमा पक्राउ परेर एक महिना हिरासतमामा रहेर कष्ट गरेका हिमाल र विशाललाई सम्मान पनि गरिएको छ ।
कार्यक्रममा काग्रेश, एमाले र माओवादी केन्द्रबाट ४० जनाले नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन ।
नवप्रवेशीलाई सागर, अमृत, हिमाल, विशाल लगायतका नेताले स्वागत गरेका थिए ।