लेकाली अनलाइन
माघ ६, दाङ ।
सरकारले प्रदेश नम्बर ५ काे अस्थायी राजधनी रुपन्देही ताेके लगतै यता राजधानीकाे लागी पक्का मानिएकाे दाङमा अान्दाेलन चलिरहेकाे छ ।
सरकारलार्इ थप दबाव सृजना गर्न प्रदेश सांसद भवनकाे बाेर्ड दाङ देउखुरीकाे लमहीमा टाँगिएकाे छ ।आन्दोलनरत दंगालीले लमही नगरविकास समितिको निर्माणाधिन कम्प्लेक्स भवनमा वोर्ड स्थापना गरेका हुन ।
प्रदेशको राजधानी दाङमा उपयुक्त भएको हुँदा संसद भवनको वोर्ड लमहीमा टाँगिएको अन्दोलनमा उत्रिएकाहरुले बताएका छन् ।
यसैबीच पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउन मागगर्दै विगत ५ दिनदेखि दाङमा आन्दोलन जारी रहेको छ । जसले गर्दा यहाँकाे जनजिवन प्रभावित बनेकाे छ ।