• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

एकिकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको अध्यक्षमा नवराज पुन निवाचित


हिमाल शर्मा
माघ ६, सल्यान ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको अध्यक्षमा नवराज पुन सर्वसम्वत रुपमा निवाचित भएका छन् ।

‘‘जनवादी शिक्षा निति समग्र शैक्षिक विकासकोे आधार ,टे«ड युनियन अधिकार र वामपन्थी शिक्षक एकता हाम्रो कार्यभार ” भन्ने मुल नाराका साथ एकिकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको सातौ जिल्ला सम्मेलन सल्यान श्रीनगरमा रहेको होटेल प्याराडाइजमा सम्पन्न भएको हो ।

सम्मेलनले २ पछी थप्ने गरी ३९ जनाको जिल्ला समन्वय समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा रोहमर्ष खड्का, उपाध्यक्षमा संगिता वुढा, कृष्ण वहादुर घर्ति, द्रोणा चन्द र हेमन्त वुढाथोकी, सचिवमा हिरालाल नेपाली, अर्थ सह–सचिवमा मनविर के.सी. सचिवमा द्रोेण प्रसाद केसी, चक्र वहादुर के.सी. र लालविर रेग्मी रहेका छन् ।

यस्तै शेर वहादुर केसी को अध्यक्ष र धर्मराज घर्ति रहेका ९ सदस्य सल्लाहकार समिति चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पालिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज नेव वहादुर कवर (विवेक) विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ तथा संगठनका पुर्व केन्द्रीय अध्यक्ष रत्न वहादुर वली यस्तै अन्य अतिथिहरुमा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य कृति वहादुर पुन जिल्ला संयोजक निम वहादुर केसी, वागचौर नगर प्रमुख लोकमान वुढाथोकी, कुमाख गाउपालिका अध्यक्ष दिलमायाँ वुढा,संगठनका केन्दीय अर्थ उपमहासचिव निम वहादुर कसी संगठनका केन्द्रीय सचिव तथा ६नं. प्रदेशका संयोजक गणेश प्रसाद रिजाल लगाएत जिल्लामा कृयाशिल विभिन्न संग संगठनका प्रमुख तथा प्रतिनिधि, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक लिलाधर ववाल, लगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साथै कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनलाई लामो समय देखी योगदान गर्ने पुर्व अध्यक्षहरु, सहिद शिक्षक परिवारजन, स्थानीयतहका जनप्रतिनिधि, संगठनवाट विदाई भएका पुर्व शिक्षकहरुलाई संगठनले सम्मान गरेको अध्यक्ष नवराज पुनले बताए ।

प्रकाशित मिति : २०७४ माघ ६ गते शनिवार