• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

दलितको सहयोग र बलिदानले माअाेवादी उचाईमा पुगेको छः ईज्चार्ज विवेक


हिमाल शर्मा
माघ ६, सल्यान ।
नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सल्यान जिल्ला ईज्चार्ज नेव वहादुर कवर विवेकले नेपालका दलित, महिला र मुस्लीमहरुले गर्दा नेकपा माओवादी केन्द्र यो उचाईमा पुगेको बताएका छन् ।

नेपाल दलित मुक्तिमोर्चा सल्यानको चौथो जिल्ला भेलालाई सम्वोधन गर्दै नेता विवेकको यस्तो धारण व्यक्त भएको हो । नेपालमा भएको महान दशवर्षै युद्धमा नेपालमा दलितहरुको उच्च सहभागीता र अठोटका साथ युद्धमा होमीएकोले नेपालमा संघियता, गणतन्त्र, धर्मनिरपेक्षता समानुपातीक लगाएतका महत्वपुर्ण उपलव्धी प्राप्त भएको वताउदै अव यसको कार्यन्यनको बाटोमा लाग्नु पर्ने उनले बताए ।

गाउँमा अझैपनि छुवाछुतले जरो गाडेको वताउदै यसलाई सवै मिलेल निर्मुल पार्न सवैले आ–आफनो ठाउँबाट यसको निर्मुल पार्न तिर लाग्नु प्रर्ने उनले वताएका छन्।

यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निम वहादुर केसीले समता र न्यायमुलक समाज निर्माका लागी स्थानीय तह प्रदेश सभा र संघमा दलितको सहभागीता सुनिश्चित भएकाले त्यको कार्यन्वयन गर्न र त्यस मातहतका निकायलाई शसक्तिकरण दवाव मुलक अभियान संचालन गर्न यो चौथो भेलाले पहल कदमी लिनु प्रर्ने वताए। साथै उनले अहिलेको संघिय संरचानाको संघिय व्यवस्था अनुसार सिहदरवारको अधिकार गाउमा आएकोले आफनो कानुन आफै वनाउदै कार्यन्यन गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा कुमाख गाउपालिका अध्यक्ष दिलमाया वुढा, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष नवराज पुन, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष चेतन गिरी, सहिद तथा वेपत्ता परिवार संयोजक मोहनलाल वुढाथोकी, दलित मुक्तिमोचा प्याक्सन इचार्ज तिलक कुमार विक लगाएतले भेलाको शुभकामना व्यक्त गरेका थिए ।

साथै कार्यक्रमा स्थानीय तहमा निर्वाचित दलित कार्यपालिका सदस्य तथा वडा लगायत १४ जनालाई वधाई तथा सफलताको शुभकामना सहित सम्मा गरीएको थियो नेपाल दलित मुक्तिमोचा जिल्ला संयोजक मानसिं विक को अध्यक्ष तथा यज्ञ कुमार विकको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन डिल्ली विकले गरेका थिए ।

भेलाले चैत्र २ र ३ गते सल्यानको श्रीनगरमा सम्मेलनको दलित मुक्तिमोचाको सम्मेलन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७४ माघ ६ गते शनिवार