सरिता चलाउने
माघ ६, सल्यान
सल्यानमा कार्यरत एक प्रहरी हवल्दारले सामाजिक उदारणीय काम गरेका छन् ।
प्रहरी हवल्दारले पर्यटकहरुलाई बस्ने सजिलो हुने गरी पार्कमा बिश्राम स्थल निर्माण गरेका छन् । जुम्ला घर भै हाल सल्यामा कार्यरत प्रहरी हवल्दार जय लाल बुढाले जिल्लाको शारदा नगरपालीका ५ मा रहेको हिमदर्शन पार्कमा पर्यटकहरुको लागी बिश्राम स्थल निर्माण गरेका हुन् ।
७० हजार बराबरको लगानीमा निमार्ण भएको बिश्राम स्थलको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । बिश्राम स्थलको उद्धघाटन शारदा नगरपालीका सल्यानका प्रमुख शुरेस अधिकारीले उद्धघाटन गरेका हुन् ।
उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले यस्तो सामाजिक सेवा जहाँ रहे पनि गर्न सकिने बताएका छन् । उनले जागिरको शिलसिलामा सल्यानमा रेहेर सामाजिक कार्य गरेकोमा धन्यबाद दिए । साथै सबैले नगरपालीकाको बिकासमा योगदान गर्न आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख साबित्रा बस्नेत, शारदा नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष सुधन श्रेष्ठ, ५ का प्रदिप शाही, नगरपालीका प्रशासकिय अधिकृत सुर्बण सिहं ठकुरी लगायतको उपस्थिति रहेको थियो ।