माघ ७, दाङ ।
नेताले जन्तालाई भेडो ठान्ने अनि जन्ता भेडो बन्ने यो आजको चलन होइन। यो चलनले जन्तालाई कहिलै फाइदा गरेन तर जन्ताले नोक्सानीको हिसाबकिताब कहिलै गरेनन् रत बारबार भेडो ठान्ने र भेडो बन्ने चलन चलिरह्यो। यहि चलन चल्यो अहिले दाङमा।
हुनत दिने र लिनेको हिसाबकिताब गर्नु दुबै गलती हुन् किनकी राज्धानी विधि र नियमले लिनेदिनेहुनुपर्ने हो। तर दाङमा राज्धानी पाउनैपर्ने हैसियत भएको ठाँउ हो किनकी संघीयताको मर्मअनुसार गएनी दाङ सबै आधारले राज्धानी बन्न योग्य स्थान हो। यो स्थानको हैसतलेनै दङ्गाली जन्तालाई पनि राज्धानी पाउने हैसियत उब्जाउनु र पाउनलाई आन्दोलनका हर्कदहरु जमाउनु तेति अन्याय होइन।
चुनाव अगाडी सबै पार्टीका नेताले भोट् दिनुस् राज्धानी दिउँला भनेर आश्वासन दिए। जन्ताले राज्धानी यस्कै गोजिमा होलाजस्तो मानेर बिश्वास केहिहदसम्म गरेकै हुन् तर नेताहरुकै आश्वासनने मात्र पनि जन्तालाई पाउने आशामा ढुक्क बनाको थिएन संघीयताको मर्मलेनी दाङले राज्धानी ढुक्कसंग पाउछ भन्नेमा आश दिलाएकै हो तर मर्म भन्दा अबाटो जादा आन्दोलन गर्नु ठिकै हो।
सरकारले अस्थायी राज्धानी दाङमा नतोकि राज्धानी बन्नलाई कुनैपनी आधार नभएको ठाँउमा तोक्दा दङ्गाली जन्ताका आशाहरु चक्नाचुर भएकै हुन्। जस्तालाई तस्तै भनेझैं मर्म तोडफोड गरेर आधार बिनाको ठाँउमा राज्धानी लिने सरकारको यो गलत हर्कदलाई तोडफोड गरेर दाङमा राज्धानी बनाउने जिम्मा दाङका प्रतिनिधिले लिनुपर्ने हो तर आज नलिएको पुष्ठि भएको छ।
राज्धानी बन्न आधारशिल दाङलाई बिनाआधारको बनाउने हर्कद शेर बहादुर देउवाले मात्र नभएर दाङका प्रतिनिधिले पद र कुनै स्वार्थको पोइल गएर गरेकी भन्ने भरपुर संका गर्न सकिन्छ। खुलेरै बुटवल राज्धानिलाई स्वीकार गरे आफ्ना जन्ताबाट नाङ्गिने डर रत सबै जिम्मा शेर बहादुरलाई पोख्दै नलागेका जागरलाई पनि नाटकीय जागर लाएर आन्दोलनलाई समर्थन गरेजस्तो गरेर आज आन्दोलन फिर्ता लिने सहमती भएछन्।
२/४ दिन जन्तालाई भेडो बनाएर आन्दोलनमा उतारे जन्ताबाट माफी पाउने सधैं नेता बन्न पाइने र अर्को चुनावमा शिर उभाउने उपाय जे थियो त्यो गरे।
अब दाङ राज्धानी हुने कुनै सम्भावना छैन र आजपनी यिनै नेताले जुन आशा दिलाएर राज्धानी अझैपनि बन्नसक्न्ने फेरि आश्वासन दिए यस्को यस्को आशा गर्नु अझै भेडो बन्नुबाहेक केही होइन। अब ५ नम्बर प्रदेशको राज्धानी बुटवल हो ।
लेखकः भद्र नकाल