• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

दाङलाई राजधानी बनाउछु भन्नेले बुटवल गएर शपथ लिए, यसरी भयाे भव्य स्वागत


लेकाली अनलाइन 
माघ ७, दाङ ।

५ नं. प्रदेशको राजधानी दाङलाई बनाउनुपर्ने मागसहित चर्किएको दाङबासीको आन्दोलन एकाएक मत्थर बनाएर दाङका सांसदहरु बुटवल गएर शपथ ग्रहन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को अगुवाइमा सुरु भएको आन्दोलन शनिबार मध्यरातिदेखि मत्थर बनाएर दाङका सांसदहरु अाज प्रदेश नम्बर ५ काे अस्थार्इ राजधानी बुटवलबाट शपथ लिएका छन् ।

अझ ५ नं. प्रदेशको भावी मुख्य मन्त्रीका रुपमा हेरिएका एमालेका नेता शंकर पोखरेलले हसिलो मुद्रामा पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथ लिएपछि एमालेका उपमहासचिव विष्णु पौडेलसँग तस्बिर पनि खिचाएका छन् ।

दाङलाई राजधानी हुनबाट रोक्नेमध्येका एकपात्रका रुपमा विष्णु पौडेललाई पनि दङ्गालीहरूले लिने गरेका छन् । पोखरेललाई मुख्यमन्त्री पदसँग प्रादेशिक राजधानी साटेको आरोप समेत लाग्ने गरेको छ ।

सुरुमा प्रदेश नं‌. ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललार्इ सपथ गराएका हुन् ।  त्यसपछि बाँकी प्रदेशसभा सदस्यहरूलार्इ भने जेष्ठ सदस्य बलदेवले  सपथ गराएका हुन् ।

प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य  रहेकाे  प्रदेश नं‌. ५ काे सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा भएकाे हाे ।

 

 

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतवार