• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

प्रदेश राजधानीबारे शंकर पोखरेल बुटवलमा गएर यस्ताे बाेले, विष्णु पौडेलले यसरी फुर्काए । अब के हाेला ?


५ नं. प्रदेशको राजधानी दाङलाई बनाउनुपर्ने मागसहित चर्किएको दाङबासीको आन्दोलन एकाएक मत्थर बनाएर दाङका सांसद एवम नेकपा एमाले नेता शंकर पोखरेल  बुटवल गएर शपथ ग्रहन गरेका छन् । साथै उनि प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता छानिएका छन्।

अाज प्रदेश नम्बर ५ काे अस्थार्इ राजधानी बुटवलबाट पद तथा गोपनियताको सपथ लिएपछि बसेको प्रदेशसभा संसदीय दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको नेता छानेको हो।

नेता चयन पछि पोखरेलले प्रदेश नम्बर ५ को स्याथी मुकाम सहमतीमै टुंगिने बताएका छन्। अस्थायी केन्द्र बुटवल भए पनि स्थायी केन्द्र सहमतीकै दाङमा हुने बताए।

समग्र ५ नम्बर प्रदेशको केन्द्रबिन्दु रहेको दाङको विकल्प हुनैनसक्ने उनले बताए।

यसैबीच कार्यक्रममा विष्णु पौडेलले पोखरेललाई ५ नम्बर प्रदेशको मुख्य मन्त्रीसमेत हुने भनेर फुर्काएका छन् ।

सम्बन्धित समाचारहरु

दाङलाई राजधानी बनाउछु भन्नेले बुटवल गएर शपथ लिए, यसरी भयाे भव्य स्वागत

दङ्गाली जनतालाई भेडा बनाईयो, “जनता भेडा बनिम”

प्रदेश नं. ५ काे राजधानी रुपन्देही, सांसद भवन दाङ

प्रदेश राजधानीमा सरकारले दाङलार्इ अन्याय गर्याे भन्दै सांसदले ५५ हजार सहयाेग गरे

प्रदेश नम्बर ५ मा आश्चर्यचकित पार्ने भन्दै वर्षमानकाे यस्ताे अायाे विराेध

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतवार