• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

खुसीको खबर ! अब तरकारी बिक्रि गर्न सल्यानको फारुलाचौर जाँउ


माघ ७, सल्यान ।
कृषिको क्षेत्रबाट सल्यानको दार्मा गाउँपालिकालाइ सबल बनाउने उद्देश्य अनुसार फारुलाचौरमा तरकारि संकलन केन्द्र निर्माण गरिएको छ । विभिन्न किसानहरुलाइ समूहमा आवद्ध बनाइ उनीहरुलाइ तरकारि खेतीतर्फ प्रेरित गरिरहेको जिविकोपार्जन तथा पोषण कार्यक्रमले दार्मा गाउँपालिका तथा अन्य संस्थाहरुको समन्व्य र सहयोगमा तरकारि संकलन केन्द्र निर्माण गरेको हो ।

तरकारि संकलन केन्द्रमा पुगेर किसानहरुले उत्पादन गरेको तरकारि तथा फलफुल विक्रि गर्न पाउने भएपछि खुसि भएका छन् । दलित विकास समाज सल्यान र सेभ द चिल्डे«को साझेदारिमा सञ्चालित एकिकृत परियोजना अन्तर्गत जिविकोपार्जन तथा पोषण कार्यक्रमले दार्मा गाउँपालिका तीनको फारुलाचौरमा तीन लाख ३९ हजार रुपैयाँ बराबरको लागतमा तरकारि संकलन केन्द्र निर्माण गरेको जिविकोपार्जन तथा पोषण कार्यक्रम संयोजक पुनम पोख्रेलले जानकारि दिइन् ।

उनले भनिन्, ‘यस क्षेत्रका किसानहरु विस्तारै मौषमी तथा वेमौषमी तरकारि खेतीतर्फ अग्रसर हुदैहुनुहुन्छ, उहाँहरुको उत्पादनलाइ सजिलै विक्रिको प्रवन्ध होओस् भनेर हामीले तरकारि संकलन केन्द्र निर्माण गरेका हौँ ।‘ संयोजक पोख्रेलका अनुसार तरकारि संकलन केन्द्रमा दार्मा गाउँपालिका र साना किसान कृषि सहकारि संस्था तथा जनसमूदायको सहयोग छ ।

दलित विकास समाज सल्यानले दुइ लाख ५० हजार, दार्मा गाउँपालिकाले ५० हजार, साना किसान कृषि सहकारिले १२ हजार पाँच सय र जनश्रमदान २६ हजार पाँच सय गरि जम्मा तीन लाख ३९ हजार रुपैयाँको लगानीमा तरकारि संकलन केन्द्र निर्माण गरिएको निर्माण उपभोक्ता समितीका अध्यक्ष रेशमलाल खत्रीले बताए ।

‘बाहिरबाट तरकारि किनेर ल्याएर खानुपर्ने यहाँको बाध्यता थियो, तै पनि कहिलेकाँही मात्रै यहाँ तरकारि आउँथ्यो’, अध्यक्ष खत्रीले भने, ‘अव भने यहिँ तरकारि र फलफुल उत्पादनमा जोड दिदै यस बजारमा किसानव्यापारिले सजिलै कृषिजन्य उत्पादन खरिद विक्रि गर्न पाउन् भन्ने उद्देश्यले तरकारि संकलन केन्द्र बनाइएको हो ।’

दार्मा गाउापालिकाले पनि कृषिको आधुनिकिकरण मार्फत रोजगारिको वातावरण सृजना गर्ने निती लिइएको बताएको छ । गाउापालिकाका अध्यक्ष निम बहादुर केसी अरुणले भने, ‘कृषि र पशुपालका योजना र कार्यक्रमहरुलाई आधुनिकिकरण, व्यवसायीकरण एवम् यान्त्रिकिकरण गर्दै आम किसानहरुलाई किसान परिचयपत्रका आधारमा सहुलियत व्याजमा कृषि ऋण, विमाको व्यवस्था, मल, विउ, कृषि औजारमा अनुदान, बजारको व्यवस्थापन गरिने हाम्रो निती छ ।’

हरित कृषि सडक संजालको नीति अनुसार हरित कृषि सडकहरु निर्माण गरिने तथा आम जनता र वेरोजगार शक्तिलाई रोजगारीको बाताबरण सृजना गर्ने अनी श्रमप्रति आस्था र शोषणप्रति घृणा जगाउने उद्देश्यका साथ विकास र समृद्धिका समग्र योजना, बजेट र कार्यक्रममा स्थानिय स्रोत, साधन र जनश्रम परिचालनलाई मुख्य जोड दिने नीति दार्मा गाउँपालिकाले अवलम्बन गरेको अरुणले बताए ।

दार्मा गाउँपालिकाले जग्गा बाँझो राख्न नपाइने र बाँझो राख्नेलाई ५० प्रतिशत मालपोत लगाइने नितीलाइ कार्यान्वयन गर्ने पनि जानकारि दिएको छ ।
यस्तै दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालिले जिविकोपार्जन तथा पोषण सुधारमा आफुहरुले संचालन गरेको कार्यक्रम प्रभावकारि तर्फ उन्मुख भएकोमा खुसि व्यक्त गर्दै समृद्ध दार्मा गाउापालिकाका लागी पोषण स्थीतीमा उल्लेख्य सुझार हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।

क्याप्शन ः निर्माण भएको तरकारि संकलन केन्द्रको अनुगमन गर्दै जिल्ला स्तरिय अनुगमन टोलि ।

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतवार