• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

शारदा नगरपालीकामा सिसि क्यामरा जडान, बजार-बजारमा निगरानी


सरिता चलाउने
माघ ७, सल्यान ।
सल्यानको पहिलो नगरपालीका शारदा नगरपालीकाले जिल्लाको दुई ठाउँमा सिसि क्यामरा जडान गरेको छ ।

करिब ५ लाखको लगानीमा जिल्ला अस्पताल सल्यानमा र खलङगा बजारमा सिसि क्यामरा जडान गरिएको नगरपालीकाले जनाएको छ । बिरामीले सेवा पाए कि पाएनन, कर्मचारीले काम गरेका छन कि छैनन् भनेर निगरानी गर्ने उदेश्यले अस्पतालमा ५ ठाउँमा सिसि क्यामरा जडान गरिएको नगरप्रमुख शुरेस अधिकारीले बताए ।

त्यसैगरी कुनै पनि अपराधिक घटना र चोरीका घटना हुन नदिनको लागी खलङगा बजारको जोडी पिपल देखि साहुटोल सम्म सिसि क्यामरा बाटै निगरानी बढाईएको अधिकारीले बताए । नगरप्रमुख अधिकारीले भने “हामी शारदा नगरपालीका भित्र कुनै पनि अपराधिक घटना हुने दिने छैनौ, केही दिन भित्र निरन्तर रुपमा सिसि क्यामरा सञ्चालनमा ल्याएर जिल्लामा प्रहरी लाई जिम्मा दिने छौँ” ।
यस्तै जिल्लाकै ठुलो ब्यापारी केन्द्र श्रीनगर बजारमा पनि सिसि क्यामरा जडान गर्ने गरी काम अगाडी बढाईएको उनले बताए । यस्ता बजारहरुमा झनै अपराधिक घटना हुन सक्ने भएकाले पनि सिसि क्यामरा बाटै निगरानी गर्ने उनले बताए ।

पाँच लाखको लगानीमा सञ्चालन हुन लागेका सिसि क्यामराले श्रीनगर बजार भरीको राम्रा नराम्रा कामहरुको निगरानी गर्ने र नागरीकलाई पनि सहज हुने नगर प्रमुख अधिकारीले बताए ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतवार