• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा चोर्दै हिड्ने दुर्इ लुटेरा पक्राउ, एक फरार


सरिता चलाउने
माघ ७, सल्यान
सल्यानमा चोरी गरी हिडने दुई चना लुटेरा प्रक्राउ परेका छन ।

जिल्लाको शारदा नगरपालीका १ श्रीनगरको बजार बाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ पर्नेमा शिद्धकुमाख गाउँपालीका १ बस्ने २० बर्षिय सुकलाल बस्नेत, ३ बस्ने १७ बर्षिय हेमन्त खडका रहेका छन ।

यही माघ ५ गते राती १० बजे शिद्धकुमाख गाउँपालीका १ बाँझकाँडामा बस्ने टेक बहादुर बुणथोकीको घरमा उनिहरुले बच्चाले खेलाउने पेस्तोल देखाई घरमा रहेका पैसा चोरी गरी फरार रहेका थिए । खोज तलास गर्ने क्रममा उनिहरुलाई श्रीनगर बजार बाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भरत बिकले बताए ।

उनका अनुसार लुटेराको साथ बाट २६ हजार ६ सय ३२ रुपैया र ३ थान मोवायल फेला परेको छ । उनिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा राखी अनुसन्धान भैरहेको बिकले बताए ।
चोरी गर्ने अर्का एक जना ब्यक्ति २० बर्षिय टेकेन्द्र बोहरा फरार रहेको र खोजी कार्य जारी रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतवार