लेकाली अनलाइन
माघ ७, सल्यान ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा आफ्नो पार्टीलाई सहयोग नगरेको भन्दै सल्यानमा एक संगठनका पत्रकारको अध्यक्ष पद खोसिएको छ ।
नेकपा माओवादी केन्द्र सल्यानको विरुद्व गएको भन्दै प्रेस सेन्टर नेपाल सल्यानका अध्यक्ष दिपक शर्माको पद खोसिएको हो । शर्मालाई वागी उमेदारहरुलाई सहयोग गरेको आरोपमा संगठनबाट निकालिएको हो । उनलाई संगठनको साधारण सदस्यता समेत नरहने गरि निष्कासन गरिएको छ । उनको ठाउँमा टिकाराम भण्डारी (दिपसागर)लाई राखिएको छ ।
संगठनको आज सल्यान श्रीनगरमा भएको एक भेलाले यस्तो निर्णय गरेको हो । भेलाले पछि २ सदस्य थप्ने गरि २१ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष टिकाराम भण्डारी (दिपसागर),बरिस्ठ उपाध्यक्षमा नरेन्द्र वलि, उपाध्यक्ष हिमाल शर्मा, समाबेशी उपाध्यक्ष सरिता चलाउने, सचीव महेश कुमार वलि (समीरश्री) सहसचिवमा प्रकाश शर्मा समाबेशी सह सचीव नोखिराम थापा र कोषाध्यक्षमा बल बहादुर वलि निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्ण बस्नेत,शिखर केसि,डम्बर बहादुर शाही,महेश वलि,मनोज देबकोटा,रामसिङ्ग डागी,कबिराज खड्का,मित्रलाल सुनार,नवीन बिक,पुष्कर बिक र क्षेत्र बहादुर चन्द रहेका छन् ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नेब बहादुर कवर( बिबेक)जिल्ला संयोजक निम बहादुर केसि (अरुण) जिल्ला सम्मेलन आयोजक समिती सदस्य मान बहादुर मल्ल,प्रेस सेन्टर नेपाल सल्यानका फ्याक्सन इन्चार्ज भिम कुमाखी,माओबादी केन्द्र बागचौर नगरकमिटी संयोजक जनक घर्ती लगाएतका नेताहरुले कार्यकाल सफल्ताको शुभकामना दिएका थिए ।
संगठनका बरिस्ठ उपाध्यक्ष नरेन्द्र वलिको अध्यक्षतामा भएको बिस्तारित भेलाले सल्यान जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिका स्तरीय उपसमितिहरु निर्माण गर्ने निर्णय गरेको छ ।