दुर्गा वि.सी.
माघ ७, सल्यान ।
बन्गाड कुपिण्डे नगरको सल्लीवजारमा नगरपालीका भएसँगै वजारमाबाट फोहर उठाउन थालिएकोले स्थानीयलाई सजिलो भएको छ ।
सल्लीवजारबाट दैनिक हुने फोहरलाई हप्ताको दुई दिन ट्याक्टरले फोहर उठाउने गरेको छ । नगरपालीकाले फोहर व्यवस्थापनको लागि हप्तामा २ दिन ट्याक्टर पठाउँदा समेत व्यापारिले नाली र घर पछाडी फोहर फाल्ने गरेका छन् ।
फोहरलाई एक ठाउँमा जम्मा गर्नुको सट्टा नाली र यनेत्र फोहर फ्याक्ने कामले वजारको फोहर व्यवस्थापनमा समस्या परेको छ । अर्को तर्फ नगरपालीकाले स्थायी फोहर फाल्ने स्थान छनौट नगर्दा समेत त्यसले वातावरणमा असर पार्ने देखिन्छ ।
तत्तकालको लागि फोहर व्यवस्थापन गर्ने स्थायी ठाउँ नहुदाँ भेरी नदि किनारमा लगेर फोहर जलाउने काम गरिएको छ । नदि किनारमा लगेर फोहर फाल्ने र जलाउने कामले वातावरणमा प्रत्यक्ष असर पार्नुका साथै नदिमा प्रदुषण निम्त्याउने भएकोले त्यसको व्यवस्थापनको लागि छलफल गरेर स्थायी व्यवस्थापनको ठाउँ खोजिरहेको बन्गाड कुपिण्डे नगरका कार्यकारी प्रमुख प्रेम प्रसाद आचार्यले वताए ।
आचार्यका अनुसार छिटै फोहर व्यवस्थापनको लागि स्थायी ठाउँ तोकेर निर्धाण गर्ने जनाएका छन् । तर सल्लीवजार वासिलाई भने यत्रतत्र जहाँ पायो तेहि फोहर नफ्याँक्न नगरले सुचना जारि गर्दा समेत नगरवासीले अटेर गरेको नगरको गुनासो छ । फोहर फाल्नको लागि हप्तामा २ पटक ट्याक्टर पठाउँदा समेत त्यसको सदपयोग गर्न नसकेको नगरका कर्मचारीले वताउने गरेका छन् ।
फोहले गर्दा सल्लीवजारका सडक किनारका नालीहरु वन्द अवस्थामा छन् । नालीमा अत्यधिक फोहर हुदाँ वर्षातमा नालीबाट आएको पानी घर र पसल भित्र पस्ने गरेको छ । केहि समय अगाडि नाली सफाईको लागि नगरले काम गरे पनि अधुरै छाडेको स्थानीयको दुखेसो रहेको छ । सिमित र थोरै ठाउँमा मात्रै नाली सफाईको काम भयो अरु ठाउँमा भने अधुरै रहेको यहाँका वजार वासिको भनाई रहेको छ ।
नगरपालीकाले फोहरको लागि गाडि नपठाउँनु अगाडि यहाँका व्यापारिले नालीभित्र फालेको फोहरले पुरै नाली बन्द अवस्थामा छन् ।