• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

एमालेबाट उम्मेदवारमा ४ गुनाकाे नाम सिफारिस


माघ ८, काठमाडौं ।

राष्ट्रियसभा उम्मेदवारका लागि एमालेका प्रदेश कमिटीले चार गुना नाम सिफारिस गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमध्ये एमालेको भागका परेको २९ सिटमा तोकिएभन्दा धेरै सिफारिस आएको हो। पूर्व सांसाद् तथा पूर्वमन्त्री समेत सिफरिसमा परेका छन् ।

धेरै नाम पठाउँदा उम्मेदवार छनौट गर्न कठिन भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘प्रदेश १ र २ बाट धेरै जनाको सिफारिस भएका छन्। एउटा सिटमा ३ जनाको नाम सिफरिस गर्न भनिएकोमा धेरै आएको छ । मापदण्डभित्र रहेर छनोट गरिने छ,’ उनले भने ।

उनले स्थायी समिति बैठकले सोमबार प्रदेशबाट सिफारिस नामको टुंगो लगाउने बताए । माघ १० गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ।

स्थायी समितिले राष्ट्रियसभा सदस्यका लागि योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्याएका तथा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नउठेका तथा समानुपातिक सूचीमा नपरेका, विज्ञ तथा विशेषज्ञ छनौट गर्न प्रदेश कमिटीलाई जिम्मा दिएको थियो।

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार