• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको कागखोलामा पहिलोपटक गाडी पुग्यो, अबको तालिका यस्तो छ ?


सरिता चलाउने
माघ ८, सल्यान ।
सल्यानको शिद्धकुमाख गाउँपालीका वडा नम्बर १ बाँचकाँडा कागखोलामा पहिलोपटक गाडी पुगेको छ ।

जिल्लाको श्रीनगर बजार बाट चाख्लीघाट, रुक्सेबजार हुदै कागखोलामा गाडी पुगेको हो । सल्यान रुकुम यातायातको भे १ ज ८९२ नम्बरको ट्याक्सी आज उक्त ठाउँमा पुगेको हो ।

पहिलोपटक गाडी पुगेपछि स्थानीयहरु खुसी हुदै गाडीलाई फुलमालाले स्वागत गरेका छन् ।

उदघाटन कार्यक्रममा सल्यान रुकुम यातायात ब्यबसायी समितिका अध्यक्ष लोकमान बुढाथोकी, शिद्धकुमाख गाउँपालीका वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर बस्नेत लगाएतको उपस्तिथी रहेको थियो ।

खलराम चलाउनेको सभा अध्यक्षबाट सुरु भएको कार्यक्रमको संचालन रमेश चलाउनेले गरेका थिए ।
अबदेखि ट्याक्सी प्रत्यक दिन कागखोला बाट बिहान ९ बजे र श्रीनगबाट साँझ ४ बजे छुट्ने सल्यान रुकुम यातायात ब्यबसायी समितिले जनाएको छ ।

पछिल्लो समय सल्यानमा सल्यान रुकुम यातायातले जिल्लाको दुर्गम ठाउँमा गाडी पुर्याएर सेवा दिदै आएको छ ।

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार