• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)


माघ ८, सल्यान ।
सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।
जसमा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७०  वर्षीया छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुुकुम की ३६ वर्षीया  पुस्पा खड्का (केसी), रुकुम पेउघाका १७ वर्षीय भीमवहादुर खड्का रहेका छन ।
रुकुमबाट तुलसीपुर तर्फ जाँदै  गरेको मालिकाकालीका  यातायातको ना ५ ख ५३१ नम्बरकाे बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित लुहाम नजिकै भाटाखोलामा आज दिउँसो करिब २ बजेतिर दुर्घटना भएको हो  ।
गन्तब्यमा छिटाे पुग्ने भन्दै  तिव्र गतिका कारण साँघुराे सडकमा बसकाे पट्टा भाँचिएर अनियन्त्रित भर्इ दुर्घटणा भएकाे हाे । बस सडक भन्दा १५० मिटर तल खसेकाे छ ।
दुर्घटनालार्इ नजिकबाट हेर्न घटना स्थलमा पुगेका लार्इभ प्राेगराम युटुब च्यानलका उत्तर कुमार शाहुले कलेक्सन गरेकाे रिपार्ट सहितकाे याे भिडियाे हेर्नुहाेस् ।

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार