• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

प्रतिनिधिसभामा एमालेबाट चिप्लिएकी काेमल अाेली राष्ट्रियसभाको उम्मेदवारमा चुनिइन


माघ ९, काठमाडौं ।

रेडियाे नेपालकाे पत्रकारीत जागीर छाेडेर राजनीति गर्छु भन्दै राजननितीमा हाेमिएकी चर्चित गायिका दाङ्गाली चेली काेमल अाेलीले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाको उम्मेदवार पाएकी छन् ।

सुरुमा राप्रपामा प्रवेश गरेकी अाेली पछि एमालेले दाङबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउछु भनेपछि उनि एमालेमा प्रवेश गरेकी थिर्इन । तर एमालेले उनलार्इ धाेका दिएर प्रतिनिधिसभाको उम्मेदवारबाट चिप्ल्याएकाे थियाे । फेरी यसपटक एमालेले उनि सहित १३ जनाकाे नाम राष्ट्रियसभाको उम्मेदवार  टुंग्याएकाे छन् ।

अाजकाे कान्तिपुर दैनिकमा यस्ताे  खबर छ । 

नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । सोमबार अबेरसम्म एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले १३ उम्मेदवारको टुंगो लगाएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार प्रदेश नम्बर ७ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यस्तै प्रदेश नम्बर ५ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यसअघि प्रतिनिधिसभाको उम्मेदवार दाबी गरेकी चर्चित गायिका कोमल ओलीलाई पनि एमालेले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश नम्बर ५ बाट उनीसहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै प्रदेश नम्बर ७ बाट एमालेले कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै प्रदेश नम्बर ६ बाट कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा ( महिला), सुर्खेत, . नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर १० गते मनोनयन गर्ने एमालेले जनाएको छ।

प्रकाशित मिति : २०७४ माघ ९ गते मङ्गलवार