लेकाली अनलाइन
माघ ९, सल्यान ।
सल्यानमा शितलपाटी खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानमा कायसमिति चयनमा गलत भएको भन्दै सच्याउन आग्रह गरीएको छ ।
शारदा नगरपालीका २ खलंगाका शुकदेब वि.के.ले हालै नयाँ कार्यसमिति चयन गर्नका लागी निर्वाचनमण्डलले प्रचलित कानुन अनुसार समाबेशी शिद्वान्तका अधारमा कार्यसमिति चयन गर्ने प्रक्रिया नदेखिएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् ।
आज जिल्ला प्रशासन कार्यालय सल्यानमा निवेदन पेस गर्दै उनले त्यस संस्थाको बिधान २८ र नेपालको प्रचलित कानुनमा समाबेशी शिद्वान्तका अधारमा कार्यसमिति चयन गर्नुपर्ने रहेको भन्दै प्रचलित कानुन बमोजिम कार्यान्वयन गर्न पहल गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रह गरेका छन् ।