राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश दुर्इमा कांग्रेस, राजपा र समाजवादी फोरमले २-२ सिटमा सहमती गरेका छन्।
वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरुले कांग्रेससँग सहमति गरेका हुन्।
सहमति अनुसार प्रदेश नम्बर २ मा तीन दलले समान २/२ सिट बाँडेका छन्। सुरुवाती वार्तामा मधेसकेन्द्रित दुई दलले कांग्रेसलाई एक सिट मात्र दिन सकिने बताए पनि नेकपा एमाले र माओवादी केन्द्रसँग कुरा नमिलेपछि २ सिट नै दिन तयार भएका छन्।
राजपा र फोरमले एक सिट मात्र दिन सकिने भन्दै एमाले र कांग्रेससँग बार्गेनिङ गरेका थिए। गठबन्धन गरेर चुनाव लड्दा प्रदेश नम्बर २ मा ५ सिट जित्न सकिने राजपा र फोरमको आकलन थियो।