• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

दाङ अाएर एमाले नेता विष्णु पौडेलले भनेः विरोध गर्दा सुहाउदैन। प्रदेश नं. ५ काे राजधानी अब कहाँ ताेकिदैछ


माघ १०, दाङ ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले आफ्नो जिम्मेवारी अनुसार प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभाले विवेकसम्मत निर्णय गर्ने बताएका छन् ।

राष्ट्रियसभाको उम्मेदवारी दर्ता एमालेको टोलीसँगै दाङको घोराही पुगेका पौडेलले प्रदेशको राजधानीको टुंगो लगाउने जिम्मा जनताको मतबाट विजयी भएका प्रदेश सांसदहरुको भएकाले अहिले विरोध गर्नु आवश्यक नभएको बताए । उनले अहिले भएको निर्णय अस्थायी भए भन्दै प्रदेशसभाको दुई तिहाई बहुमतले अन्तिम निर्णय गर्ने बताए ।

‘अहिले भएको निर्णय अस्थायी हो, अब प्रदेशसभाको दुई तिहाई बहुमतले अन्तिम निर्णय गर्छ,’ उनले भने, ‘अस्थायी मुकाम तोकेको विषयमा अनावश्यक विरोध गर्दा प्रदेशसभाको इज्जत र मर्यादाका लागि सुहाउदैन ।’

राष्ट्रिय सभाका उम्मेदवारहरुसँगै नेताहरु पौडेल, शंकर पोख्रेललगाय निर्वाचन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार