इन्द्र बुढाथाेकी
सल्यान १० माघ ।
सल्यानमा जिप दुर्घटना हुदा एक बालिका सहित ६ जना घार्इते भएका छन् ।
जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे सल्लीबजार देखि बामे जाँदै गरेको लु १ च ७७३२ नम्बरको जिप अाज बनगाड कुपिन्डे नगरपालिका १ देवस्थलको मोडमा दुर्घटना भएकाे हाे ।
घाइते हुनेमा बनगाड कुपिन्डे नगरपालिका वडा न ४ डोप्के का अन्दाजी बर्षा ५० का पैले बुढा, सोही ठाउकै वर्ष ६० कि अमृता बुढा, वर्ष ३५ कि काली बुढा, वर्ष ३० अमृता नेगि बुढा , वडा न २ बामेका अन्दाजी ३७ वर्षका गाडीमालिक राजेश खत्री र सोही ठाउकै जानकी परियारकी छोरी वर्ष ३ कि शोनी परियार रहेकाे को ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएकाे छ ।
घाइते सबैको अहिले जनबन्धु पोलिकिल्नीमा उपचार भैइरहेको छ । जिप सडकमा नै दुर्घटना भएकोले सबै सामान्य घाइते भएका छन ।
सम्बन्धित समाचार
सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)
सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा