लेकाली अनलाइन
माघ १०, सल्यान ।
सल्यान लगाएतका जिल्लामा गएराति पानी सँगै हिमपात भएको छ ।
सल्यानको केहि उच्च भेगमा हिमपात भएको छ भने अन्य क्षेत्रहरुमा सामान्य पानी परेको छ ।
जिल्लाको निगालचुला लेक र झिम्पेकाे खर्सुबास हुदै दमाचौरको बुराँसेले सम्म हिमपात भएको ।
सल्यानको उच्च भेग मानिने त्यस ठाउँमा हिउँ पर्दा किसानहरु खुसि भएका छन् । उक्त ठाउँमा प्राय स्याउ र आलु उत्पादन हुने गर्दछ । यसबर्ष हल्का हिउँ पर्दा उत्पादनमा राम्रो हुने त्यहाँका किसानहरुले बताएका छन् ।
जिल्लाको अन्य ठाउँमा पनि समान्य पानी परेको छ । समान्य पानीले गर्दा अन्य किसानहरुलाई केहि राहत भएको छ ।
गतबर्ष जथाक लेकमा हिउँ परेकाे संकेतिक तस्विर