• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

पार्टी विरुद्व लागेकाे भन्दै बागचाैरमा माअाेवादीका ४ जना वडा संयोजककाे पद खाेसियाे, यस्ता छन् निर्णयहरु ?


लेकाली अनलाइन
माघ १०, सल्यान ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा माअाेवादी केन्द्रले अाफ्नाे पार्टीकाे नीति विधि विपरीत रहेर स्वतन्त्र उम्मेदवारको पक्षमा लागेकाे भन्दै सल्यान बागचाैरमा ४ अाेटा वडा संयोजकहरु लाई कारबाही गरेकाे छ ।

नगर इन्चार्ज लोकमान बुढाथोकीको विशेष उपस्तिथिमा अाज बागचाैरमा बसेकाे माओबादी केन्द्र बागचौर नगर कमिटीको दोस्रो बिस्तारित बैठकले  पहिलेका वडा संयोजकहरु लाई कारबाही गर्दै  नयाँ वडा संयोजकको पदपूर्ति गरेको छ।

जस अनुसार वडा नम्बर ३ को संयोजकमा ओपेन्द्र भण्डारी, वडा नम्बर ५ मा इन्द्र बहादुर भण्डारी, वडा नम्बर १० मा गणेश बुढाथोकी र वडा नम्बर १२ मा चित्र बहादुर वलिलाई वडा संयोजक तोकेको नेकपा माओबादी केन्द्र बागचौर नगरपालीका सल्यानका संयोजक जनक घर्तीले जानकारी दिएका छन्  ।

त्यस्तै बैठकले माघ महिना भित्र नगरका प्रत्यक वडामा बैठक तथा भेला गरि सक्ने निर्णय गरेकाे छ ।  २३ औ जनयुद्ध दिवसको अबसर पारी फाल्गुन १ गते बागचौर नगरपालीका वडा नम्बर ६ को हिमचौर र वडा नम्बर ९ को पलाटुनचौरमा शहिदहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु गर्ने नगर संयोजक जनक घर्तीले बताए ।

नयाँ बर्ष २०७५ को अबसरमा बागचौर नगर भित्रका सहिद परिवारलाई समेटेर भित्ते पात्रो प्रकाशन गर्ने,नगर भित्र हुने बिकासका गतिविधिहरुमा पार्टीले अग्रनिय भुमिका खेल्ले बैठकमा निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार