माघ १०, काठमाडौं ।
सरकारले भूकम्प तथा बाढी पीडित र बुढाबुढीको पक्षमा निर्णय गरेको ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बृद्धि गरेको छ । पीडितहरुलाई १ लाख थप गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतलेका अनुसार मन्त्रिपरिषद बैठकले अनुदान पाउने समय सकिएको अवस्थामा बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जेष्ठ नागरिकलाई ६५ वर्षमै बृद्ध भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । अहिले जेष्ठ नारिकले ७० वर्ष उमेर पुगेपछिमात्रै सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।
त्यसैगरी सरकारले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।