• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

केपी ओली र कोमल वली मस्किरहेको देवी ज्ञवालीले देखेपछि …


माघ १०, काठमाडौं ।

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको लागि कोमल वलीलाई उम्मेदवार बनाएपछि सामाजिक संजाल र मिडियाहरुमा विभिन्‍न प्रतिक्रिया अाइरहेका छन् ।

पोइल जान पाम्, गाजले अाँखले …जस्ता उत्तेजक गीत गाएर चर्चामा अाएकी गायीका कोमल वलीलाई नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाएको छ ।

रेडियो नेपालको गाजिर छोडेर राजनीतिमा प्रवेश गरेकी वली सुरुमा राप्रपामा प्रवेश गरेकी थिइन् । अाफू दरबारकै सहयोगबाट पढेको हुनेले राजतन्त्रप्रतिको अास्था अझै रहेको भन्दै राजतन्त्र र हिन्दूराज्यको नारामा गोलबद्ध भइन् ।

स्थानीय चुनावमा राप्रपाको प्रचारमा निकै खटेकी वलीले परिणाम निरासाजनक देखेपछि राप्रपालाई बाइबाइ गर्दै एमालेमा प्रवेश गरिन् । जानी नजानी लाल समाल गर्दै केपी ओलीको हातबाट टिका लगाइन् । प्रतिनिधि सभाको उम्मेदवारी नपाएपछि बागी उठ्ने धम्की दिएको वलीले पछि हटेकी थिइन् ।

अहिले एमाले अध्यक्ष ओलीको कृपाबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारी पाएपछि सामाजिक संजाल र मिडियाहरुमा टिका टिप्पणी भइरहेका छन् । अाजका संचारमाध्यम विशेष गरी अनलाइन संचारमाध्यम र सामाजिक संजालमा अध्यक्ष ओली र गायीका वलीलाई जोडेर निकै चर्चा भएको छ ।

दुई ओटा कार्टुनले सामाजिक संजाललाई तताए । दुबैले गायीका वलीको प्रवृतिलाई उजागार गरेका छन् । दुबै कार्टुनले धेरै कुराको अर्थ दिएका छन् । वलीले गायको गीत पोइल जान पामलाई कार्टुनमा व्यग्य गर्दै पोइल जान बाम् भनिएको छ । त्यसमा एमाले अध्यक्ष ओलीले जबजको ढोल बजाएका छन् । यसले ओलीले पनि राजनीतिलाई रोमाइलोतिर लगेको कार्टुनले अर्थ दिएको छ ।

त्यसैगरी अर्धनग्न गायीका वलीले नजिक गएर अध्यक्ष ओलीसँग मस्तीका गफ गरिरहेका छन् । अध्यक्ष ओलीले वलीलाई मुस्कुराइरहेका छन् । त्यही बेला ढोकामा देवी ज्ञवाली जस्तै ड्रेसमा एक जना एमाले नेताले हेरेका छन् ।

गायीका वलीको उत्तेजक ड्रेस र अध्यक्ष ओलीले रमाइला मान्दै हासेको देखेर ज्ञावली जस्तै देखिने व्यक्तिले ओठ टोकिरेका छन् । उनले ढोका भित्र अाउन पनि लाज मानेका छन् भने हेरौं हेरौं लागिरहेको चित्रमा देख्न सकिन्छ । अनलाइन डबलीबाट

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार