माघ ११, दाङ ।
नकेपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रदेश नम्बर ५ काे राजधानीबरे कत्तिपनि आत्तिनु नपर्ने भन्दै दाङ स्थायी राजधानी हुने संभावना भएकाे बताएका छन् ।
बुधवार राष्ट्रिय सभा सदस्यको लागि मनोनयन दर्ता गर्ने कार्यक्रममा दाङ देउखुरी जिल्ला अदालत घोराहीमा गएका दाङ निवासी र एमाले ५ नं. प्रेदशका संसदीय दलका नेता तथा भावि मुख्य मन्त्रीका रुपमा हेरिका पोखरेलले दाङ प्रदेश राजधानीको लागि सबैभन्दा संभावित क्षेत्र भएको भन्दै । ‘ हाल सरकारले तोकेको अस्थायी र काम चलाउ मात्रै बताएका छन् । ‘ यसवाट कत्तिपनि आत्तिनु पर्दैन दाङ स्थायी नहुने कारण कुनैपनि छैन ।’ नेता पोखरेलले भने ।
प्रदेशसभाको बैठकले स्थायी राजधानी तोक्दा सबैको राय सल्लाह बमोजिम उचित र उपयुक्त स्थानमा स्थायी राजधानी तोक्ने उनको धारणा थियो । ‘ तपाँईहरु जनप्रतिनिधिलाई विश्वास गर्नुहोस, प्रदेशसभाले विबेक पुर्याए राजधानी तोक्ने छ।’ पोखरेलले भने । अहिले नै सडकमा नारावाजी गर्नु तथा नेताहरुका पुत्ला जलाउनु गलत हुने उनको धारणा थियो ।
त्यस्तै नेता पाेखरेल सँगै दाङ अाएका बुटवल निवासी एमालेका उपमहासचिव बिष्णु पौडेलले स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएको हुँदा जनतालाई पायक पर्ने ठाउँमा सहि रुपमा उपयुक्त निर्णय गर्नेमा आफु ढुक्क रहेको बताए । तत्काल काम चलाउनका लागि सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको भएपनि तर स्थायी तोक्ने काम प्रदेश सभाको पहिलो बैठले नै गर्न सक्ने पौडेलले बताए । ‘ दुई तिहाई पुग्दैन र राजधानी सार्न मिल्दैन भन्नु गलत तर्क हो र त्यो जनप्रतिनिधिको उपहास हो,’– पौडेले भने ‘ प्रदेशसभाको बैठलले स्थायी राजधानीको सवालमा उपयुक्त निर्णय लिनेमा म विश्वस्तछु ।’ उनले राजनीतिक सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी तोकिने संकेत गरेका थिए ।