माघ ११, काठमाण्डाैँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूभाग पनि कसैलाई मिच्न नदिने बताएका छन्।
एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनले पर्साको छपकैयामा भारतले ५० बिघा जमिन मिचेको स्थलगत प्रतिवेदन बिहीबार प्रधानमन्त्री देउवालाई उनले यस्ताे भनेका हुन् ।
प्रतिवेदन बुझ्दै देउवाले कसैलाई पनि नेपालको भूमि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेको क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले जानकारी दिए। गाैतमका अनुसार अाफुहरुले ज्ञापनपत्रसहितकाे स्थलगत प्रतिवेदन बुझाउदा देउवाले नेपालको जमिन भारत लगाएत कसैलार्इ लाई मिच्न नदिने जवाफ दिएर फर्काएका थिए ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियु अध्यक्ष नविना लामासहितको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। केही दिनअघि क्रान्तिकारी र अनेरास्ववियुको टोली मिचिएको भनिएको क्षेत्रमा पुगेको थियो।