• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान र सुर्खेतकाे सिमाक्षेत्रमा टेलीफोन अवरुद्ध, सुर्खेत कार्यालयकाे फाेन उठ्दैन्


इन्द्र ब. बुढाथोकी
माघ ११, सल्यान ।
विगत २ दिन देखि सल्यान र सुर्खेतकाे सिमाक्षेत्रमा टेलीफोन सेवा अवरुद्ध हुदा सेवाग्राहिहरु मर्कामा परेका छन् ।

सल्यानकाे  बनगाड कुपिन्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकामा मंगलबार राती आएको हावाहुरीका कारण टेलीफोन सेवा अवरुद्ध भएको हाे ।  नेपाल टेलिकमका इस्काई, जि.सि एम. नमस्ते, ल्याएन लाइन, इन्टरनेट लगाएतका सेवा अवरुद्ध भएका छन ।

टेलीफोनको समस्याको बारेमा फोन सम्पर्क गर्दा नेपाल टेलिकमको कार्यालय सुर्खेतले फोन उठाएको छैन । अन्य समयमा पनि यस नगर तथा गाउपालिकामा बिहान ८ बजे देखि ७ बजे सम्म मात्र फोन सेवा सुचारु हुने र अरु समयमा अबरुद्ध हुने गर्दछ ।

प्रकाशित मिति : २०७४ माघ ११ गते बिहिवार