माघ ११, सल्यान ।
प्रदेश स्तरको टि ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि सल्यानमा जाजरकोट र सल्यानविच ३ वटा अभ्यास खेल हुने भएको छ ।
फागुण ७ गतेदेखि १५ सम्म सुर्खेतमा हुने ६ नं. प्रदेशको उक्त प्रतियोगिताको अभ्यास खेल माघ २६ देखि हुने जिल्ला क्रिकेट संघका अध्यक्ष सविन हमालले जानकारी दिएका छन ।
अभ्यास खेलका तयारी भैरहेको जनाउदै उनले मैत्रिपुर्ण अभ्यास खेलले खेलाडिलाई तयारी गर्नको लागि सहयोग गर्ने उनले जनाएका हुन ।
प्रदेशको संरचनामा देश गैसकेपछि पहिलो पटक हुन लागेको प्रतियोगितामा दुवै जिल्लाका खेलाडिको उल्लेख्य प्रदर्शनका लागि अभ्यास गरिनुका साथै यसले दुवै जिल्लाका खेलाडिविच आत्मिएता, चिनजान तथा विश्वास बढाउन र दुवै जिल्लाको क्रिकेट विकासमा महत्वपुर्ण योगदान पु¥याउने अपेक्षा लिइएको छ ।
जिल्लामा हुने अभ्यास खेल तथा प्रदेश स्तरको खेलका लागि खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ भन्ने हाम्रो प्रश्नमा संघका अध्यक्ष हमाल भन्छन– अभ्यास खेलमा जाजरकोट यूवा त्रिकेट क्लवले आफ्नो खानबस्नको व्यवस्था गर्ने र जिल्लाको अभ्यास खेलको व्यवस्थापन र प्रदेश स्तरको खेलमा सहभागिता जनाउन संघले स्थानिय तह तथा विभिन्न सहयोगीहरुलाई अपिल गरेको छ ।
अभ्यास खेलका लागि २० हजार र प्रदेशस्तरिय प्रतियोगितामा सहभागिताका लागि ४० हजार जम्मा ६० हजार खर्च लाग्ने क्रिकेट संघ सल्यानले जनाएको छ ।
क्रिकेटसंघ सुर्खेतको आयोजनामा हुने प्रतियोगितामा सुर्खेत, सल्यान, जाजरकोट, रुकुम र डोल्पाका खेलाडिको सहभागिता रहनेछ । खेल लिग चरणको आधारमा हुनेछ ।