माघ ११, सल्यान ।
सल्यानका एकै घरका दुर्इ बालककाे दाङमा डुबेर ज्यान गएकाे छ ।
शारदा नगरपालिका वडा नम्वर ११ हिउल्चा स्थायी घर भएका लोकेन्द्र बहादुर कंवरका छोराहरु १२ बर्षिय कुमार कंवर र १० बर्षिय राज कुमार कंवरकाे दाङकाे पातुखाेलामा बुधबार पौडी खेल्ने क्रममा डुवेर ज्यान गएकाे ईप्रका तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ५ रानीजरुवाको झोलुङ्गे पुल नजिक डुवेर उनिहरुको मृत्यु भएको हाे । कंवर परीवार तुलसीपुरमा डेरा गरी बस्दै आएका थिए । पुल हेर्न भनि गएका उनिहरु खोलामा पाैडी खेल्न खोज्दा डुवेका थिए ।