• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

राष्ट्रियसभा सदस्यमा काँग्रेसबाट सल्यानका मित्रलाल सार्कीकाे उमेदवारी दर्ता


माघ ११, सल्यान ।

नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि छत्रेश्वरी गाउपालिका ६ सल्यान निवाशि मित्रलाल सार्की नेपाली कांग्रेसको तर्फबाट ६ नम्बर प्रदेशबाट राष्ट्रिय सभा उमेदवार ।

माघ २४ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ६ बाट नेपाली काँग्रसले सल्यानका  मित्रलाल सार्कीलार्इ पनि राष्ट्रिय सभाकाे उमेदवार बनाएकाे छ ।

निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा बुधबार उनि सहित  गठबन्धन र नेपाली कांग्रेसबाट १२ जनाले मनोनय दर्ता गरेका हुन् । बाम गठबन्धनका नेकपा एमालेबाट ५ र नेकपा माओवादी (केन्द्र) बाट ३ गरी ८ जनाले मनोनय दर्ता गरेका छन् । नेकपा एमालेबाट मनोनय दर्ता गर्नेहरुमा नरपति लुवार (कालिकोट), नन्दा चपार्इं (सुर्खेत), कविता बोगटी (हुम्ला), भैरव सुन्दर श्रेष्ठ (जाजरकोट¬) र ठकेन्द्रप्रसाद पुरी (रुकुम पश्चिम) रहेका छन् ।

यसैगरी नेकपा माओवादीबाट कालिबहादु मल्ल (जाजरकोट), जीवनबहादुर बुढा (कालिकोट) र युटोल तामाङ (मुगु) ले मनोनय दर्ता गरेका छन् । युटोल तामाङले नेकपा माओवादीका केन्द्रीय सदस्य मुगुका कालिबहादुर रावललाई वारेसनामा दिएर मनोनयन दर्ता गरेकी हुन् ।

नेपाली कांग्रेसले भने ८ जना मध्ये ४ जनाको मात्रै मनोनय दर्ता गरेको छ । कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि गोपालप्राद शर्मा (रुकुम), विष्णुबहादुर शाही (कालिकोट), सूर्यदेवी मल्ल (मुगु) र मित्रलाल सार्की (सल्यान) को मनोनय दर्ता गरेको छ ।

निर्वाचनमा प्रदेश नम्बर ६ का गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका ४० सदस्य गरी कुल १९८ जनाले मदतान गर्न पाउने निर्वाचन अधिकृत मेदिनिप्रसाद पौडेले जानकारी दिए ।

प्रदेश नम्बर ६ बाट राष्ट्रिय सभाका लागि ८ जना निर्वाचित हुनेछन् । जसमध्ये खुल्लाबाट ३ जना, महिला ३ जना, अल्पसंख्यक÷अपाङ्ग १ जना र दलित सदस्य १ जना चुनिने छन् ।

हेर्नुहाेस् उम्मेदवारको सूची
एमाले
भैरवसुन्दर श्रेष्ठ (खुला)
कविता बोगटी (महिला)
नन्दा चपाईं (महिला)
नरपति लोहार (दलित)
ठकेन्द्र पुरी (खुला)
माओवादी केन्द्र
कालीबहादुर मल्ल (खुल्ला)
जीवन बुढा (अपाङ्ग)
युटोल तामाङ (महिला)
नेपाली कांग्रेस
विष्णुबहादुर शाही (खुला)
गोपालप्रसाद शर्मा (अपाङ्ग)
नेत्रलाल सार्की (दलित)
सूर्यदेवी मल्ल (महिला)

नेपाल गाथाकाे सयाेगमा 

प्रकाशित मिति : २०७४ माघ ११ गते बिहिवार