लेकाली अनलाइन
माघ ११, सल्यान ।
छत्रेश्वरी गाउँपालीकाले खरिद गरेकाे स्काभेटर र जेसिवीकाे भाेली दमाचाैरमा उदघाटन गरिदै छ ।
७ अाेटा वडा रहेकाे छत्रेश्वरी गाउँपालीकामा सबै वडाकाे विकासकाे लागी केहिदिन अघि स्काभेटर र जेसीवी खरिद गरिएकाे थियाे । मेसिन प्रयाेगकाे लागी अावश्यक सामाग्री सहित १ कराेड १५ लाखमा स्काभेटर र ३४ लाखमा जेसिवी खरिद गरिएकाे छत्रेश्वरी गाउँपालीका अध्यक्ष सन्ताेष केसीले जानकारी दिएका छन् ।
गाउँपालीकाकाे ७ अाेटै वडाका सडक निर्माण कार्यमा लाग्ने स्काभेटर र जेसिवीले सुरुमा वडा नम्बर १ काे सडक निर्माण कार्य गर्ने छन् ।
वडा नम्बर १ का वडा अध्यक्ष नेव बहादुर शाह का अनुसार १ नम्बर वडामा करिब २० दिन बराबर सडक निर्माण हुने छ । त्यसकाे लागी वडा कार्यालयबाट १८ लाखकाे बजेट छुट्याएकाे अध्यक्ष शाहले बताएका छन् ।
छत्रेश्वरी गाउँपालीका वडा नम्बर १ दमाचाैरमा रहेकाे अात्मेश्वर सिव मन्दिरमा हुने उदघाटन कार्यक्रममा उपस्तिथ भर्इदिन सबै वडा बासीमा वडा सदस्य प्रकाश हमालले अाग्रह गरेका छन् ।
शुक्रबार विहान ९ बजे उदघाटन हुने कार्यक्रममा गाउँपालीका अध्यक्ष सन्ताेष केसी कारणबस अाउन नसक्दा कार्यकारी प्रमुख अाउने सदस्य हमालले बताएका छन् ।