• २०७७ मङ्सिर २० गते शनिवार
  • Preeti To Unicode

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


माघ ११, गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घास बजारमा १४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यहि पुस– १६ गते साँझ रेसुङ्गा नगरपालिका–८ तम्घास खानीगाउँमा ‘४६ ड ’ परिवर्तित नामकी १४ वर्षिया बालिकालाई वलात्कार गरेको आरोपमा गुल्मीकै मदाने गाउँपालिका वडा नम्वर १ अग्लुङ्गा १८ वर्षिय युवा माधव बिष्टलाई प्रहरीले हिरासतमा राखेको हो ।

निजलाई पक्राउ गरी जवरजस्ती करणीको मुद्धा अदालतमा पेश गरी म्याद थप समेत गरी अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी गंगाबहादुर थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७४ माघ ११ गते बिहिवार