• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सर्वसहमतिमा तुलसीपुुर महोत्सव स्थगित, खरका छाना हटाउन टेण्डर आह्वान


माघ ११, दाङ ।
तुलसीपुरमा राप्ती बहिरा संघले लगाउने भनेको व्यापारिक तथा कृषि महोत्सव सर्वसहमतिमा स्थगित गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा भएको सर्वदलिय वैठकले यस्तो निर्णय गरेको हो । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा वसेको वैठकले बहिरा संघको छात्रावास निर्माणका लागि यसै आर्थिक वर्षबाट काम आरम्भ गर्ने सहमति गरेपछि महोत्सव स्थगित गरिएको हो ।

तुलसीपुर उद्योग वाणिज्य संघ, राप्ती बहिरा संघ, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय लगायतको सहभागितामा भएको वैठकमा तुलसीपुर क्षेत्रमा सञ्चालन हुने व्यापार मेलाका सन्दर्भमा आवश्यक कार्यविधि निर्माण गर्ने समेत निर्णय गरिएको छ । ‘महोत्सवका नाममा विकृतिका साथै ठूलो धनराशी गैरकानुनी रुपमा वाहिर समेत जाने भएकाले हामीले कार्यविधि निर्माण गर्न लागेका हो ’ नगरप्रमुख पाण्डेले वताए ।

यसैगरि वैठकले राप्ती वहिरा संघले मेला आयोजनाका लागि खर्च गरेको रकम सवैको पहलमा तिरिदिने र ंपेश्की वाफतको रकम फिर्ता माग्नका लागि पनि पहल गर्ने निर्णय गरेको छ । तुलसीपुरमा विभिन्न खाले वालवालिकाको अवस्था सुधार गर्नका लागि सवैको पहलमा बाल हितकोषको समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रेस सल्लाहकार वसन्त विवश आचार्यले वताए ।

बहिरा वालवालिकाका लागि छात्रावास निर्माण गर्न महोत्सवको आयोजना गरिएकोमा तुलसीपुरका व्यवसायीहरुले त्यसको विरोध गर्दै आएका थिए । ‘हामी छात्रावास निर्माणमा लागि सकारात्मक छौ , व्यवसायीलाई मार्ने काम नगरौ’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले वताए ।
यसैगरि राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले वालवालिकाको हितका लागि आयोजना गरिएको महोत्सव स्थगन गर्नु खेदजनक भएको वताएका थिए । उनले महोत्सव पनि लगाउन नदिने र छात्रावास वनाउने प्रतिवद्धता पनि पुरा नगर्ने अवस्था आएमा आफुहरुले कडा प्रतिरोध गर्ने समेत चेतावनी दिएका थिए ।

तुलसीपुरमा खरका छाना हटाउन टेण्डर आह्वान

तुलसीपुर उपमहानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना गर्ने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सरह सेवा दिने गरि तुलसीपुर उपमहानगरपालिकाको ग्रामिण क्षेत्र अश्वारामा केन्द्रको स्थापना गरिने भएको हो ।

उपमहानगरपालिकाको कार्यपालिका वैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले वताएका छन् । केन्द्रमा मेडिकल अधिकृत डाक्टरको व्यवस्था समेत हुनेछ । यसैगरि तुलसीपुर उपमहानगरपालिकाले स्थानीय विकास निर्माणका सहजताका लागि खरिद गरेको जेसिवी,ट्रेक्टर लगायतका उपकरणको भाडादर निर्धारणका लागि पनि समिति निर्माण गरेको छ । कार्यपालिकाको वैठकले प्रवक्ता श्याम डाँगी र वडाध्यक्ष कुमार लामिछाने रहेको २ सदस्यीय कार्यसमिति समेत निर्माण गरेको छ ।

तुलसीपुर उपमहानगरलाई सफा र हराभरा नगर वनाउनका लागि फोहोर तान्ने मेसिन खरिद गर्ने समेत निर्णय गरेको प्रवक्ता डाँगीले वताए । यसैगरि तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण वडामा रहेका खरको छानाका घरहरु हटाउनका लागि टिन खरिद गर्न टेण्डर आह्वान गर्नका लागि समेत वैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७४ माघ ११ गते बिहिवार