• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

प्रदेश नं. ५ को राजधानी नेपालगञ्ज हुनुपर्छः प्रचण्ड


माघ १२, नेपालगन्ज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा गएर प्रदेश नम्बर ५ को राजधानी हुनुपर्छ भन्दै भाषन गरेका छन् ।

बिहिबार देखि नेपालगन्जमा सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उनले नेपालगन्जलाई कुनै पनि हालतमा पछि पर्न नदिइने प्रतिवद्धता व्यक्त गर्दै प्रादेशिक राजधानी बनाउन पहल गर्ने बताएका हुन् । प्रदेश नम्बर ५ को राजधानी नेपालगन्ज हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्ने उनले आश्वासन दिएका छन् ।

बाँकेबासीले मुलुक परिवर्तनका सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले बाँकेबासीलाई न्याय दिलाउने अठाेर गरेका छन् । अहिले तोकिएको मुकाम अस्थायी मात्र भएको र प्रदेशसभाले स्थायी राजधानी तोक्ने भन्दै उनले यदि नेपालगञ्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यलय राख्न पहल गर्ने पनि दावब गरेका छन् ।

प्रचण्डले मुलुकमा कम्युनिष्टहरुको बलियो केन्द्र बनाउने उद्देश्यले बाम एकता भएको पनि बताएका छन् ।

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार