• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छः महत्ताे ! राष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना 


माघ १२, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य नेता राजेन्द्र महत्तो यतिवेला विवादमा तानिएका छन् ।

विवादमा तानिनुकाे कारण छ उनले भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छ भनेर भारतीय मिडियामा दिएकाे अभिव्यक्ति ।

नेता महत्ताेकाे अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमकिताका साथ लिएका छन् । ‘भारतके बिना नेपालका सांस फेर्न लेना भी मुस्किल ‘ भनेर ती मिडियाहरूले हेडलाइन बनाएका छन् ।

भारतले सीमा अतिक्रमण गरिरहदा चुपलागेर बस्ने मधेशवादी नेताहरूका यी र यस्तै पटक पटकका विवादित अभिव्यक्तिलार्इ राजनैतिक वृतमा चाँसाेका साथ हेरिएकाे छ । याे अभिव्यक्तिले महत्ताेकाे राष्ट्रवाद उदांगिएकाे प्रष्ट छ ।

भारतीय पत्रिका गाेरखपुरमा यस्ताे छ उनकाे अभिव्यक्ति

भारतलाई शुभकामना

भारतको ६९ औं गणतन्त्र दिवसका अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन्।

परराष्ट्र मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षीहरु क्रमशः राष्ट्रपति रामनाथ कोभिन्द, उपराष्ट्रपति वेन्काइया नाइडु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टा छुट्टै बधाई सन्देश पठाएका हुन्।

सन्देशमा समकक्षीको सुस्वास्थ्य र खुसीका साथै मित्रवत भारतीय जनताका लागि शान्ति, उन्नती र समवृद्धिको कामना गरिएको छ। त्यस्तै उनीहरुले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध थप मजवुत हुने विश्वास पनि व्यक्त गरेका छन्।

भारतले सन् १९४९ मा संविधानसभाबाट संविधान बनेदेखिनै गणतन्त्र दिवस मनाउने गरेको छ

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार