माघ १२, बागलुङ ।
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललार्इ उनकै कार्यकर्ताले धुलार्इ धुलार्इ हुनेगरी कुटपिट गरेका छन् ।
बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पाैडेललार्इ बिहीबार राती आफ्नै गृह जिल्लामा बागलुङकाे ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजार स्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले कुटपिट गरेका हुन् । उनि सँगै बागलुङ २ प्रदेश सभा (ख) का सांसद टेकबहादुर घर्ति मगर पनि कुटिएका छन् । सांसदद्वयसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए ।
अर्याललाई पार्टीले पटक–पटक झुठा आश्वासन दिंदै आएको भन्दै उनले कुटपीट गरेको स्किार गरेका छन् । सांसदद्वलाई कुट्नुका कारण स्वीकार्दै अर्यालले भने, ‘चुनावताका दीनानाथहरूले के भनेका थिए ? अहिले क्षेत्र खाली छ । म आफ्नो स्वाभिमानमा छु । हामीलाई दास बनाउँदाको अभिव्यक्ति हो’ ?
२०७० को संबिधानसभा सदस्य निर्वाचनमा माओवादीतर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेका थिए ।