लेकाली अनलाइन
माघ १२, सल्यान ।
शितलपाटी खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानमा कायसमिति चयनमा गलत भएको भन्दै सच्याउन जिल्ला प्रशासन कार्यालय सल्यानमा निवेदन परेपछि प्रशासनले जानकारी पठाएको छ ।
शारदा नगरपालीका २ खलंगाका शुकदेब वि.के.ले हालै नयाँ कार्यसमिति चयन गर्नका लागी निर्वाचनमण्डलले प्रचलित कानुन अनुसार समाबेशी शिद्वान्तका अधारमा कार्यसमिति चयन गर्ने प्रक्रिया नदेखिएको भन्दै त्यसलाई सच्याउन प्रशासनमा निवेदन दिएका थिए ।
त्यसको प्रतिकृर्या दिदै आज जिल्ला प्रशासन कार्यालय सल्यानले आवश्यक व्यवस्थाको लागी शितलपाटी खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानलाई सोहि निवेदन पठाएको छ ।
संस्थाको बिधान २८ र नेपालको प्रचलित कानुनमा समाबेशी शिद्वान्तका अधारमा कार्यसमिति चयन गर्नुपर्ने प्रक्रिया नदेखिएको भन्दै प्रशासनलाई निवेदन दिने शुकदेब वि.के. असुन्तुस्ट रहेका छन् ।