• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

रौतहटमा सर्वसाधारणकाे स्वास्थ्यमा खेलवाड, यस्ताे मासुु बेचविखन


माघ १२, रौतहट ।

जिल्लाको ग्रामीण बजारहरुमा अस्वस्यकर मासुु खान बाध्य भएका छन । नियमनकारी निकायद्धारा अनुुगमन नहुुनुु तथा जनप्रतिनिधिले ध्यान नदिएका कारण ग्रामीण क्षेत्रका मानिस पानी मिसाइएको अस्वस्थ्यकर मासुु खान बाध्य भएका हुन् ।

मासु व्यापारीहरुले फतुुआ विजयपुर नगरपालिकाको बिजयपुर, सन्तपुुर,बरगिनिया बजारमा खसी र कुुखराको मासुुमा फोहर पानी मिसाएर बिक्री गर्दै आएका छन् । खसी र कुुखराको मासुुमा छाला भित्रैबाट पानी मिसाएर बिक्री गर्नाले एक किलोग्राम मासुु बढीमा ७.८सय ग्राम मात्र हुुने स्थानिय समाजशेवी जेन लामाले बताए ।

त्यसैगरी कटहरिया बजारमा पनि खसी र कुुखराको मासुुमा पानी मिसाएर बिक्री गरिएको पाइएको छ । त्यतिमात्र होइन उक्त बजारमा खसी र बाख्राको मासुुु एकैठाँउमा बिक्री गरिनाले उपभोक्ताहरु ठगिदै आएको उपभोक्ता जयमंगल साहले बताए ।

स्वस्थ्यकर मासुुको लागि सफा ठाँउमा व्यवस्थित काठ बनाएर खसी तथा कुुखराको मासुुु बिक्री गर्नुुपर्दछ । तर जिल्लाको ग्रामीण बजारहरुमा भने फोहरको डंगुर छेउ र फोहर पानी मिसाएर झिंगा भन्किरहेको मासुु खुलम्खुुल्ला बिक्री भइरहेको छ ।

यो अवस्थाबारे जानकारी लिएलगत्तै कटहरिया नगरपालिकाका मेयर सियाराम कुुश्वाहाले मासुु पसल ब्यवस्थित र स्तरिय मासुु बिक्री गराउन अविलम्ब पहल गर्ने प्रतिवद्धता जनाए । रातापाटीबाट 

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार